काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुस ११ गते सम्पन्न १५ औं साधारण सभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।
दुवै जना सञ्चालक सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।