काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर बजार २१ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डबाट फर्कन खोजेको देखिन्छ ।
तर बजार मध्य ब्याण्ड भन्दा माथि जान सकेको छैन । म्याक्डीमा वियरिस क्रसओभर बनेता पनि हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । त्यसैगरि भोल्युम बाट बजारलाई नियाल्दा खासै सुधार भएको देखिदैन । मनी फ्लो इन्डेक्बाट बजारलाई नियाल्दा भने ओभर सोल्ड जोन २६ नजिक बजार पुगेको देखिन्छ ।
घट्दो बजारमा यस्तो इन्डेक्स २० भन्दा तल पनि जान सक्छ । पिभट् मार्फत नियाल्दा यदि आगामी दिनमा पनि बजार घटेमा २५८५, २५६० र २५३८ विन्दुमा सपोर्ट लिन सक्छ । यदि बजार बढेमा २६१५,२६४० र २६६० विन्दुमा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।