सोमबार, जेष्ठ ४,२०८३ 12:32:50
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:32:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स,शिवम् सिमेन्ट,डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गदैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

लक्ष्मी सनराइज बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको २४ औं साधारण सभा पुस २४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । उक्त सभाबाट लाभांशको प्रस्ताव पारित हुनेछ ।  

Bizshala
New Office
CG Motors

सांग्रिला डेभलपमेन्ट बैंकले गत आवका लागि सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश पुस २९ गते काठमाण्डौको बालुवाटरमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

आइसिएफसि फाइनान्सले पनि आफ्ना सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)को घोषणा गरेको छ । लाभांश पारितको मुख्य अजेण्डासहित कम्पनीको २१ औं साधारण पुस २९ गते  काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि आयोजना हुन् तय भएको छ ।  

शिवम् सिमेन्टले  आव २०८०÷८१ का लागि हाल कायम चुक्तापूँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीको साधारण सभा पुस २९ गते काठमाण्डौको राष्ट्रिय सभा गृह सिटी हलमा बिहान ९ बजेदेखि आयोजना हुनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

डिप्रोक्स लघुवित्तले गत आवका लागि ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो लाभांश गत पुस पुस २६ गते चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा आयोजना हुने २३ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

यस्तै साना किसान विकास लघुवित्तले गत आवको वितरणयोग्य मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाको २३ औं वार्षिक साधारण सभा पुस २३ गते आयोजना हुनेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.