शनिबार, बैशाख ६,२०८२ 03:31:31
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 03:31:31
IME remit
Global IME Bank Limited

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, बोटलर्स नेपाल(तराई)लिमिटेड, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुमध्ये सूर्योदय वोमी लघुवित्त बाहेक अन्यले पुस १९ गते बुक क्लोज गर्दैछन् । सूर्योदय वोमी लघुवित्तले भने पुस २१ गते बुक क्लोज गर्दैछ । पुस १९ र २० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुनेछैन । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

हिमालयन डिष्टिलरीले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस २८ गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुने २४ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

मेरो माइक्रोफाइनान्सले पनि गत आवकालागि ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीको यो लाभांश आगामी माघ ४ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै कालिका लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ । कुल लाभांशमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ । संस्थाले लाभांश पारित गर्न पुस २९ गते पोखरामा रहेको होटल टाक्स इन्टरनेसनलमा सभा डाकेको छ ।  

कालिका पावरले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेत बाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले आफ्नो १७ औं साधारण सभा आगामी पुस २९ गते चितवनमा रहेको दियालो फुडल्याण्डमा आयोजना गर्दैछ ।  

बोटलर्स नेपाल(तराई)लिमिटेडले ५० प्रतिशत अर्थात प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी पुस २६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

सूर्योदय वोमी लघुवित्तले हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र  ०.९६२३५०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले ललितपुरमा रहेको लुभु पार्टी प्यालेसमा पुस २८ गते साधारण सभा आयोजना गर्दैछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको साधारण सभा पुस २९ गते आयोजना हुँदैछ ।  

यस्तै लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको साधारण सभा पुस २९ गते आयोजना हुँदैछ र उक्त सभाबाट लाभांशको प्रस्ताव पारित हुनेछ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.