बुधबार, माघ २३,२०८१ 11:43:19
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:43:19
IME remit
Global IME Bank Limited

नेपालगञ्ज आइपुग्यो फोटोनको माउन्टेन ईभी भ्यान

Hyundai Nepal
नेपालगञ्ज आइपुग्यो फोटोनको माउन्टेन ईभी भ्यान
Nabil Bank Limited

काठमाण्डौ । फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री रहेको छ । जसले ३०० किमी सम्मको दायरा प्रदान गर्दछ। १३० किलोवाट आवरको चरम शक्ति र ३३० एनएमको अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ।

उद्घाटनको यस महत्वपूर्ण अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गर्दैछ जहाँ ग्राहकहरूले माउन्टेन ईभी

भ्यानको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। उद्घाटनपछि फोटोन नेपालले सुर्खेत रोड, मिलननगर, वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) मा आफ्नो नयाँ शोरुमको पनि उद्घाटन गरेको छ।

Bizshala
CG Motors
Sagarmatha Cement

एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए। कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो।

माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त भएको कम्पनीले जनाएको छ। १४–१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीको दाबी छ ।  

Muktinath Bikas Bank Limited

एमएडब्लू वृद्धीका एमडी विवेक सिकरियाले विश्वास व्यक्त गर्दै भने, ‘देशको विविध र चुनौतिपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन ईभी भ्यान नेपालीहरूको यात्रा गर्ने शैलीलाई रूपान्तरण गर्न तयार छ।’

एमएडब्लू वृद्धी ग्रुपका सीईओ तुषार गुप्ताले फोटोनको बलियो विरासतलाई सम्झँदै भने, ‘चीनमा १९ वर्षदेखि बजारको नेतृत्व गर्दै र भारत र दक्षिण अमेरिकामा उल्लेखनीय उपस्थिति जनाइसकेको फोटोन बेजोड ईभी विशेषज्ञता सहित नेपालमा उपस्थित भएको छ। माउन्टेन ईभी भ्यान हाम्रै बजारका अद्वितीय आवश्यकताहरू पूरा गर्न तयार गरिएको हो।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.