बुधबार, माघ २३,२०८१ 09:36:26
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:36:26
IME remit
Global IME Bank Limited

नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ जीवन बीमा योजना,यस्ता छन् विशेषता

Hyundai Nepal
नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ जीवन बीमा योजना,यस्ता छन् विशेषता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षाकवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमाशुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाण्डौमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम रू ५,००,०००(पाँचलाख) र   अधिकतमबीमाङ्क रकम रु १ करोड रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम  १८ वर्ष र  अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।  यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ  । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क  रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत ः अन्त्य हुनेछ ।

Bizshala
CG Motors
Sagarmatha Cement

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनले बताए । यस्तै उनले यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह समेत गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए ।  

Muktinath Bikas Bank Limited

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथ–साथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे । उनले यस योजनालाई मुर्तरुप प्रदान गर्न सहयोग गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण, एक्चुअरी डिपार्टमेन्ट तथा यसलाई साकार पार्न अहोरात्र खट्ने  सबैलाई बधाई ज्ञापन गरे ।  

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुर्याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध गरे ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.