बुधबार, श्रावण २०,२०८३ 09:24:26
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:24:26
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबार उकास्न चीनले गर्‍यो ब्याजदरमा भारी कटौति

घरजग्गा कारोबार उकास्न चीनले गर्‍यो ब्याजदरमा भारी कटौति
New Office

काठमाण्डौ । चीनले समस्याग्रस्त घरजग्गा क्षेत्रलाई उकास्न ब्याजदरमा भारी कटौति गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनको केन्द्रीय बैंकले‘मोर्गेज–लिंक्ड ५ वर्षे लोन प्राइम रेट(एलपीआर) घटाएको हो ।  

सन् २०२३ मे पछि कम्पनीले पहिलोपटक यस्तो ब्याजदर घटाएको हो । ५ वर्षे अवधिको ब्याजदर ०.२५ बेसिस प्वाइन्ट बाट ३.९५ प्रतिशत घटाइएको छ । एक वर्षे अवधिका लागि ब्याजदर ३.४५ प्रतिशत कायम गरिएको छ । विश्लेषकहरुले यो कटौति रेकर्डतोड भएको बताएका छन् ।  

५ वर्षे अवधिको एलपीआरमा गरिएको कटौतिले मोर्गेज दर घटाई खरिदकर्ताको खरिद क्षमता बढाउने छ । अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन विशेष गरेर घरजग्गा क्षेत्रमा निर्भर रहेको छ । घरजग्गा क्षेत्रले चीनको जीडीपीको २५ प्रतिशत हिस्सा ओगटेको छ ।  

चीनको नेतृत्वले देशको घरजग्गा क्षेत्रमा कर्जा प्रवाह जोखिमपूर्ण रुपमा बढेको बताएपछि परिवर्तित व्यवस्थाले चीनका दर्जनौं घरजग्गा कारोबारिहरुको कर्जामा डुबेका छन् र केहि कर्जाको दलदलबाट बाहिर आउन प्रयासरत छन् ।  

केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतिका कारण चीनको घरजग्गा क्षेत्र पुनः लयमा फर्कने विश्वास विश्लेषकले गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.