बुधबार, श्रावण ६,२०८३ 12:09:38
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:09:38
Bizshala
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तद्वारा सहयोग सामाग्री हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा सहयोग सामाग्री हस्तान्तरण
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ । पुस १९ गते एक कार्यक्रमको आयोजना गरी पेप्सीकोला काठमाण्डौस्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो ।  

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय चुच्चेपाटीमार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गोबिन्द चापागाँईले सहयोग समाग्रीको उचित सदुपयोग हुने विश्वाससहित आगामी दिनहरुमा पनि वित्तीय संस्थाले यस्ता सहयोगहरु निरन्तर गर्ने बताए । बिशिष्ठ अतिथि तथा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना ब्यक्त गरेका थिए ।  

संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहतप्रदान गर्ने, गम्भिर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रसुती भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यहरुलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीहरुको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्ने तथा ग्राहकहरुको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको जनाएको छ । आव २०८०/८१ मा ग्राहक संरक्षण कोषबाट रु.  १ करोड ८५ लाख ४ हजार ५ सय ४७ रकम सुविधा प्रदान गरेको संस्थाले जनाएको छ ।  

सदस्य तथा सदस्यका संरक्षकको निधन हुँदा परिवारका आश्रित अन्य सदस्यहरुलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको वीमा गर्ने व्यवस्था िमलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र रु. १९ करोड ६० लाख ९८ हजार वीमा सुविधा प्रदान गरिएको संस्थाले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.