काठमाण्डौ । सिबिआईएल सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा माघ ८ गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको नाम परिवर्तन गर्ने सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।