काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ ANNIVERSARY BONANZA योजना अन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजनाअनुसार बैंकको मोवाईल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरुमध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।
यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १०० को टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि रहनेछ ।
दोश्रो योजनाअनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १० हजार १२५ सम्म प्राप्त गर्न सक्नेछन । यो योजना पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोबार संख्या ३ र रकमरु २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टल ेलक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।
त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २००÷– सम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरुमध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना २०८१ पुस १९ गते देखि पुस २५गते सम्मका लागि हुनेछ ।
यसका साथै, मोवाईल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १ हजार क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानीगर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना पुस १९ गते देखि पुस २५ गते सम्मका लागि हुनेछ ।