काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले नेप्से प्रागणमा बनेको बुलको उद्घाटन गर्ने तयारी गरेका छन् । एक महिनापछि कार्यकाल सकिनै लाग्दा कार्कीले नेप्से प्रागणमा बुल उद्घाटनको तयारी गरेका हुन् ।
नेप्सेमा बुल तयार भईसकेको लामो समय बितिसकेका कारण अब प्रधानमन्त्री वा राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी भएको नेप्सेका सीईओ कार्कीले बताए । बुलमा लाइट राख्ने काम बाँकी रहेको र उक्त काम सकेर बुल उद्घाटन हुने कार्कीले जानकारी दिए ।
गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका ठेकदारबाट नै अख्तियारमा उजुरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।
पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर टिप्पणी गरेपछि नेप्सेले बुलमा जुरो हाल्ने काम गरेको थियो ।
विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूयोर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा सन् १९८७ को वियर मार्केट पछि बुलको प्रतिमा राखिएको थियो ।
नेपालमा पनि लगानीकर्ताहरुको लामो समयको माग पछि नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा राखिएको हो । तर यो बुल भने तयार भएको लामो समयसम्म पनि उद्घाटन हुन सकेको छैन ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                