काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४ औं वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौमा सम्पन्न भएको हो
उक्त सभाले बैंकको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आव २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।