काठमाण्डौ । साताको चौंथो कारोबारका दिन नेप्से सामान्य अंकले बढेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।
मनी फ्लो इन्डेक्सबाट नियाल्दा यस्तो इन्डेक्स न्यूट्रल जोन ५० भन्दा माथि चलेको छ । मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएकोले यो अन्य इन्डिकेटर भन्दा बढी बिश्वसासिलो हुने गर्छ ।
बोलिङगर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्डभन्दा माथि चलको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रस बनेको छ । पिभट् मार्फत नियाल्दा पहिलो प्रतिरोध २६३६ लाई ब्रेक गरेको बजारले अब क्रमश ः २६८६ , २७३२ विन्दु आसपास प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि घटेमा २५९०,२५६० र २५४० विन्दुमा क्रमशः सपोर्ट गर्न सक्छन् ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।