बुधबार, आश्विन २८,२०८३ 06:57:06
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:57:06
Bizshala
Global IME Bank Limited

यी ४ कम्पनीको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

Bizshala
यी ४ कम्पनीको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एनएमबि बैंक, लिवर्टी इनर्जी, नेपाल हाईड्रो डेभलोपर र मैलुङखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो ।  

एनएमबि बैंक  

एनएमबि बैंकको २९ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभामा लाभांशको कुनै प्रस्ताव पेश हुने छैन । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु। १०० अंकित दरका रु। ३ अर्बबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी  २० अर्ब रहेकोमा सोलाई वृद्धि गरि २५ अर्ब मात्र पुर्याउने प्रस्ताव पारित गर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारलाई बृद्धि गरि २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार  पुर्याउने विशेष  प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

बैंकले साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

लिवर्टी इनर्जी

कम्पनीको १५ औं साधारण सभा काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा सहायक कम्पनी स्थापना तथा विद्युत उत्पादनको अनुमतिपत्र हस्तान्तरण अनुमोदन गर्ने, अन्य जलविद्युत आयोजनालाई प्राप्ति (एक्विजिसन) गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै,गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।    

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल हाईड्रो डेभलोपर

नेपाल हाईड्रो डेभलोपरको साधारण सभा काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । सभामा बोनस सेयर प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने नियमनकारी निकायहरुबाट कुनै थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने  र आव २०८१/२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

मैलुङखोला जलविद्युत

मैलुङखोला जलविद्युतको ११ औं साधारण सभा काठमाण्डौको महाराजगंजमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X