शुक्रबार, आश्विन ९,२०८३ 04:04:56
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 04:04:56
Bizshala
Global IME Bank Limited

अर्थतन्त्रलाई उकास्न किचेन सामाग्रीमा पनि छुट दिदै चीन

Bizshala
अर्थतन्त्रलाई उकास्न किचेन सामाग्रीमा पनि छुट दिदै चीन
New Office

काठमाण्डौ । चीनले खस्कदो अर्थतन्त्रलाई उकास्न किचेनका सामाग्रीहरुमा भारी छुटको व्यवस्था गरेको छ । चीन सरकारले कमजोर बनेको अर्थतन्त्रलाई लयमा ल्याउन आम मानिसहरुले छुट मूल्यमा खरिद गर्न सक्ने सामाग्रीको सूची विस्तार गर्दै यस्तो निर्णय गरेको हो ।  

सूचीका अनुसार अब आम चिनियाँ उपभोक्ताले माइक्रोवेभ ओभन,डिसवासर, राइस कुकर र वाटर प्युरीफायरमा छुट पाउने भएका छन् । चीन सरकारले किचेन सामाग्रीमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारद्वारा प्रवद्र्धित छुट योजनामा विद्यतीय उपकरणहरु जस्तै टिभी, फोन,ट्याबलेट, स्मार्ट वाच र ईभी तथा हाईब्रिड सवारी साधन भने पहिलेदेखि नै समावेश छन् ।। विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले यतिबेला कमजोर उपभोक्ता माग  र  प्रोपटी संकट जस्ता थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ । गत बुधबार चिनियाँ अधिकारीहरुले यो वर्ष उपभोग्य वस्तुहरुको छुटका लागि ११ अर्ब डलर छुट्टाइएको बताएका थिए ।

चीनको आर्थिक योजना बनाउने संस्थाले गत मार्चमा छुट योजना ल्याएको थियो । चीनको वाणिज्य मन्त्रालयका अनुसार छुट योजनाले घरायसी सामाग्री र कारको बिक्रीमा वृद्धि देखिएको छ । तर केही अर्थशास्त्रीहरुले यो योजनाले उपभोग बढाउने विषयमा संशय व्यक्त गरेका छन् ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.