IME remit
  • आईतवार, कार्तिक २,२०८२ 06:32:48
IME remit
Global IME Bank Limited

शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

Hyundai Nepal
शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
Shivam Cement

काठमाण्डौ । शोधानान्तर स्थिति सवा २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिसमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । गत आवको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी  ५३.४४ प्रतिशत बढीले भित्रिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.