काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गरी आव २०८०/८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
साथै, संचालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभा प्रयोजनको लागि प्रकाशन गरिने संस्थाले जनाएको छ ।