बिहीबार, भाद्र ४,२०८३ 04:57:34
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 04:57:34
Bizshala
Global IME Bank Limited

वारेन बफेटको उत्तराधिकारीमा छोरा हावर्ड

वारेन बफेटको उत्तराधिकारीमा छोरा हावर्ड
New Office

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता तथा वर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आफ्ना छोरा हावर्ड बफेटलाई आफ्नो उत्तराधिकारीका रुपमा चयन गरेका छन् । बफेटले यसका कम्पनीको आगामी अध्यक्षका लागि आवर्डलाई तयार पारिरहेको जनाइएको छ ।  

बफेटले यो निर्णय एक्कासी गरेका भने होइनन् । ९४ वर्षिक बफेट एक दशकभन्दा लामो समयदेखि आफ्नो उत्तराधिकारी खोजिरहेका थिए । वालस्ट्रिट जनरलको रिपोर्टका अनुसार बफेटले ९५४ अर्ब डलरको कम्पनी सम्हाल्ने उपयुक्त व्यक्ति खोजिरहेका कारण उत्तराधिकारी खोज्न समय लागेको हो ।  

Bizshala
CG Motors

बफेटले आफ्ना तीनवटै सन्तानमाथि विश्वास भएको समेत बताएका छन् । यस्तै बफेटले आफ्नो सम्पूर्ण सम्पत्ति उनको सन्तानहरुले नपाउने समेत स्पष्ट पारेका छन् । हावर्डका दुई भाईबहिनी– ७१ वर्षिय सुसी र ६६ वर्षिय पीटरसँग वर्कशायर हाथवेको सम्पत्तिमा करिब १२ लाख करोड परोपकारमा खर्च गर्नु पर्नेछ ।  

सन् २०१३ मा वारेन बफेटले हावर्डलाई कार्यकारी अध्यक्ष बनाएका थिए । त्यसबेला उनको नियुक्तीलाई लिएर थुप्रै प्रश्नहरु गरिएका थिए ।  

हावर्डले आफू विगत ३० वर्षदेखि वर्कशायरको सञ्चालक समितिमा भएकाले आफ्नो भूमिका निर्वाह गर्न गाह्रो नहुने बताए ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.