मंगलवार, जेष्ठ ५,२०८३ 06:58:05
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:58:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्ण रुपमा ईभी कार अपनाउने विश्वकै पहिलो देश बन्दै नर्वे, बिक्री भएका १० कारमध्ये ९ वटा ईभी

Laxmi Sunrise Bank Limited
पूर्ण रुपमा ईभी कार अपनाउने विश्वकै पहिलो देश बन्दै नर्वे, बिक्री भएका १० कारमध्ये ९ वटा ईभी
Shivam Cement

काठमाण्डौ । ईभी कार प्रयोगको विषयमा नर्वे विश्वकै अग्रेणी देश हो । गत वर्ष नर्वेमा बिक्री भएका १० वटा नयाँ सवारीमध्ये ९ वटा ईभी थिए ।  

विगत ७५ वर्षभन्दा बढी समयदेखि भोल्सवागेनको सवारी साधन आयात गरिरहेको ओस्लोमा आधारित कम्पनी हाराल्ड ए मोलेरले सन् २०२४ देखि इन्धनमा आधारित कारहरुलाई पूर्ण रुपमा बिदाई गरेको छ । अहिले यो कम्पनीको सोरुममा बिक्रीमा राखिएका सबै सवारी साधन विद्युतीय छन् ।  

नर्वेको राजधानी ओस्लोमा अधिकांश ईभी कार देखिन्छन् । ५५ लाख मानिस बसोवास गर्ने नर्वेमा अन्य देशको तुलनामा ईभी सवारीलाई तीव्र गतिमा अपनाइएको छ । यस्तै नर्वे इन्धनमा आधारित कार पूर्ण रुपमा विस्थापित गर्ने विश्कै पहिलो देश बन्ने बाटोतर्फ अग्रसर भएको छ ।  

Bizshala
New Office
CG Motors

गत वर्ष नर्वेका सडकमा गुड्ने ईभी कारले पहिलोपटक इन्धन कारको संख्यालाई उछिनेको थियो । नर्वेमा गुड्ने कुल कारको संख्यामा एक तिहाई हिस्सा ईभी कारको रहेको छ ।  

यस्तै गत वर्ष बिक्री भएको कुल कारमा ८८.९ प्रतिशत कार ईभी थिए । सन् २०२३ मा यो संख्या ८२.४ प्रतिशत थियो ।  

केही महिना त पूर्ण ईभी कारको बिक्री ९८ प्रतिशत पुगेको नर्वेको सडक विभागले जनाएको छ । नर्वेको सवारी साधनमा विद्युतीकरणको क्रान्ति एकैपटक भएको भने हाइन । यसका लागि ३ दशक लागेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

युरोपेली युनियनले सन् २०३५ सम्म इन्धनमा आधारित कारको बिक्रीलाइ्र्र प्रतिबन्ध लगाउने योजना बनाएको छ । यस्तै बेलायतले पनि सन् २०३० मा इन्धनजन्य सवारी साधनमा प्रतिबन्ध लगाउने योजना बनाएको छ ।  

नर्वेमा अहिले पनि पेट्रोल र डिजेल कार खरिद गर्न पाइन्छ तर कम ग्राहकले मात्रै खरिद गरिरहेका छन् ।      

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.