सात मिनेटसम्म ‘मृत’ रहेका फुटबलरले प्रशिक्षक बनेर विश्वकपमा ब्राजिलको सपना चकनाचुर पारे
काठमाण्डौ । ‘मेरी आमा मेरो अन्त्येष्टिको तयारी गरिरहनुभएको थियो ’ यी शब्दहरू त्यही व्यक्तिका हुन्, जो आज जीवित छन् र जसले हालै इतिहास रचेका छन्। उनको नाम हो स्टोल सोलबक्केन।५८ वर्षीय सोलबक्केन नर्वे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हुन्। अमेरिकामा आयोजना भइरहेको फुटबल विश्वकपमा उनको टोलीले आइतबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई रोमाञ्चक खेलमा पराजित गर्दै...

