काठमाण्डौ । नर्वे सरकारले युक्रेनलाई प्रदान गर्दै आएको आर्थिक सहायता बढाउने भएको छ । यसका लागि नर्वे सरकारले संसदबाट अनुमति लिने नर्वेका प्रधानमन्त्री जोनास गाहरले बताएका छन् ।
‘युक्रेनलाई प्रदान गर्दै आएको आर्थिक सहायता बढाउने प्रस्ताव निकट भविष्यमा संसदमा लग्दै छौं,’ उनले भने । गत वर्ष नर्वेको संसदले सन् २०२५का मा शैन्य तथा नागरिक सहायतका लागि ३.१२ बिलियन डलर(३५ बिलियन नर्वेली क्रोन) प्रदान गर्ने निर्णय गरेको थियो । यसका साथै नर्वेको संसदले सन् २०२३ देखि २०३० सम्म यस्तो सहायता १५५ बिलियन नर्वेली क्रोन पुर्याउने सहमति जनाएको थियो ।
नर्वेली प्रधानमन्त्री गाहरले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकी र अन्य युरोपेली नेताहरुसँग आइतबार भेटवार्ता गर्दैछन् ।
युक्रेनी राष्ट्रपति जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । दुई राष्ट्रपतिबीचको यो भेट नोकझोंकमा परिणत भएको थियो ।