काठमाण्डौ । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।
युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।
स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधनको काफिले निस्किएको जानकारी दिएका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अनुसन्धानकर्ताले बिहान ७.२३ मा युन विरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ ।
एक भिडियो बयानमा, पक्राउ परेका राष्ट्रपति यून सुक(योलले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताका छन् ।
सुक-योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा गएको थियो । यो खबर सुनेपछि उनका समर्थक र विरोधीहरु युन सुक–योलको घरबाहिर जम्मा भएर नाराबाजी गरेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                