काठमाण्डौ । अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुगेको छ । आर्थिक वर्ष २०२५ को पहिलो तीन महिनामा अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुगेको हो ।
डिसेम्बर महिनामा भने यस्तो बजेट घाटा ८७ अर्ब डलर थपिएको थियो । यो रकम नोभेम्बर महिनाको तुलनामा भने कम भएको अमेरिकी ट्रेजरी विभागले जनाएको छ । ट्रेजरी विभागले ट्रम्पको सपथ ग्रहणअघि अर्थात आगामी साता अन्तिम बजेट सार्वजनिक गर्दैछ ।
७११ अर्ब डलर बजेट घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २०१ अर्ब अर्थात ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा अमेरिकी सरकारको बजेट घाटा ५१० अर्ब डलर थियो ।
डिसेम्बर महिनामा बजेट घाटा ५१ अर्ब डलरले घट्दै ८७ अर्बमा झरेको छ ।