बिहीबार, असार ३२,२०८३ 12:54:04
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 12:54:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सुरु, मारुती सुजुकीको पहिलो ईभी कार लञ्च

Laxmi Sunrise Bank Limited
‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ सुरु, मारुती सुजुकीको पहिलो ईभी कार लञ्च

काठमाण्डौ । ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ आजबाट सुरु भएको छ । भारतको सबैभन्दा ठूलो अटो शोको रुपमा हेरिएको यो एक्स्पो जनवरी २२ सम्म चल्नेछ । यो एक्स्पोको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द मोदीले गरेका हुन् ।  

यो  एक्स्पोमा हालै विकास भएका ईभी, कन्सेप्ट सवारी साधन र उत्पादनका लागि तयार भएका मोडलहरु प्रदर्शनमा राखिएका छन् । यो एक्स्पो नयाँ दिल्लीको भारत मंडापम, द्धारिकाको यशोभूमी सम्मेलन केन्द्र र ग्रेटर नोयडामा रहेको इण्डिया एक्स्पो सेन्टर गरी विभिन्न तीनवटा भेन्युमा आयोजना गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

मुख्य केन्द्र भारत मंडापममा आयोजना भएको अटो एक्स्पो मोटर शोमा टायर शो,ब्याट्री शो, मोबिलिटी टेक,स्टिल इनोभेसन र इण्डिया साइकल शो आयोजना हुनेछ ।  

यस्तै यशोभूमि सम्मेलन केन्द्रमा जनवरी १८ देखि २१ सम्म अटो सामाग्रीहरुको शो आयोजना हुनेछ । यस्तै ग्रेटर नोयडामा जनवरी १९ देखि २२ सम्म भारत कन्स्ट्रक्सन इक्युप्मेन्ट एक्स्पो र उर्बान मोबिलिटी एण्ड इन्फ्रास्ट्रक्चर शो आयोजना हुनेछ ।  

भारत मोबिलिटी ग्लोबल एक्स्पोको टिकट निःशुल्क गरिएको छ । इभेन्ट भेन्युमा सहज यातायातको व्यवस्था गरिएको छ ।  

एक्स्पोको पहिलो दिन आज मारुती सुजुकीले आफ्नो पहिलो ईभी कार,‘भिटारा’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो कार फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी कुद्नेछ ।  

यस्तै सुजुकीले आफ्नो पहिलो ईभी स्कुटर, ‘ई–एक्सेस’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्कुटर फु,ल चार्जमा ९५ किलोमिटर सम्म कुद्न सक्छ । यसको सुरुवाती मूल्य ८१ हजार ७ सय भारु तोकिएको छ ।  

एक्स्पो २०२५ मा पहिलोपटक ३४ वटा अटोमोबाइल कम्पनीहरु समावेश भएका छन् । सन् १९८६ मा आयोजित अटो एक्स्पोको पहिलो संस्करणपश्चात यो संख्या सबैभन्दा धेरै हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक्स्पोमा मारुती सुजुकी,हुन्डाई,मर्सिडिज,बीएमडब्लु,बीवाईडी जस्ता पनाम चलेका कम्पनीहरुले आफ्नो नयाँ र चर्चित मोडलहरु शोकेश गर्नेछन् । यो भारतको मोबिलिटीको दोस्रो र अटो एक्स्पो मोटर शोको १७ औं संस्करण हो ।  

यो एक्स्पोमा विशेष गरेर ईभी गाडीहरुलाई केन्द्रित गरिने जनाएको छ । यसमा मारुती सुजुकीको ई–भिटारा,हुन्डाईको क्रेटा ईभी,एमजीको साइब्सटर र एम९,कियाको ईभी ६ फेसलिफ्ट र सिरोस, स्कोडाको एन्याक र एलरोल र टाटा मोटर्सको ह्यारियर ईभी र सियरा ईभी पेश गरिनेछ ।  

यसका साथै भारतमा पहिलोपटक सोलार कार ईवा र सररला एभियसनको फ्लाइङ ट्याक्सी पनि पेश गरिनेछ । एक्स्पोमा ५ लाख भन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.