शुक्रबार, बैशाख ४,२०८३ 02:34:10
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:34:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा एभरेष्ट बैंकको नाफा २१.११% ले बढ्यो

Bizshala
ब्याज  आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा एभरेष्ट बैंकको नाफा २१.११% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको खुद ब्याज आम्दानी बढ्दा र इ्रम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २१.११ प्रतिशतले बढी हो ।  

बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्जन गरेको यो रकम १९.११ प्रतिशतले बढी हो । बैंकको इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ९४ करोड रुपैयाँ र सञ्चालन आम्दानी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँबराबर रहेको छ । सेयर प्रिमियम शीर्षकमा २३ करोड ८४ लाख रुपैयाँ छुट्टाएको बैंकले रिटेन्ड अर्निङको रुपमा २ अर्ब ७१ करोड र रिजर्भमा १३ अर्ब ३२ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)३२.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५८१ रुपैयाँ, तरलता अनुपात २९.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.१२ गुणा कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.