काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया नेप्सेमा सूचिकृत नेपालको एक मात्रै मिडिया कम्पनी हो । यो कम्पनीले सन् २००९ मा स्थापित कम्पनी हो । कम्पनीले दैनिक र साप्ताहिक रुपमा नेपाली तथा अङ्ग्रेजी भर्सनमा पत्रपत्रिका प्रकाशित गर्छ । यस्तै कम्पनीको अनलाइन पोर्टल पनि सञ्चालनमा रहेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैंयाँ रहेको छ । कम्पनीको जगेडा कोष १० करोड ९४ लाख रुपैंयाँ नकारात्मक रहेको छ । योसँगै कम्पनीको कुल पूँजी ८५ करोड ८० लाख रुपैंया रहेको छ । कम्पनीको खुद मूनाफा ९ लाख ४० हजार मात्रै रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९ पैसा मात्रै रहेको छ भने बुक भ्यालु ८८.६९ रुपैंया , रिर्टन अन इक्विटी ०.४४ प्रतिशत मात्रै रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड इन्डेक्स
यसले लगानीकर्ताको सेन्टिमेन्ट र स्टकको मोमेन्टमलाई जनाउँछ । यस्तो इन्डेक्समा यदि कम्पनीको सेयर ० देखि २० सम्म भएमा स्ट्रङ बियरिस, २० देखि ४० सम्म वियरिस, ४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्र«ङ बुलिस भएको मानिन्छ । हाल यो कम्पनीको इन्डेक्स ८० को तहमा देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको भन्ने हो । आज प्रतिकित्ता ४९३ रुपैयाँमा बन्द भएको कम्पनीको उच्च मूल्य ५६५ र न्यून मूल्य ३३८ रुपैयाँ रहेको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ५८ ,४७ र ४२ मा उच्च होल्डिङ रहेको छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डि र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको छ । आज अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भाबित रुपमा अल्पकालिन करेक्सन हुनसक्ने देखिन्छ । म्याक्डीमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम पोजिटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन नजिक पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ अप ट्रेन्डमा रहेको छ । तर अल्पकालिन नाफा बुक भने आउन सक्नेछ ।
पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ५३२
प्रतिरोध २ – ५०७
प्रतिरोध १– ४६८
पिभट् प्वइन्टः ४४४
घटेमा सपोर्ट
सपोर्ट १– ४०५
सपोर्ट २– ३८०
सपोर्ट ३ –३४१
निष्कर्षः आधारभूत रुपमा यो कम्पनी कमजोर नै देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९ पैसा मात्रै रहेको छ भने बुक भ्यालु पनि एक सय भन्दा तल ८८ रुपैयाँ मात्रै रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी जम्मा ०.४४ प्रतिशत मात्रै रहेको छ । यस हिसाबले आधारभूत रुपमा कम्पनी निकै नै कमजोर देखिन्छ । तर प्राविधिक रुपमा लगानीकर्ताको सेन्टिमेन्ट र स्टक मोमेन्टमको हिसाबले भने यस कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ । फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा रहेको छ । यो इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा केही अल्पकालि करेक्सन आउँदै तेस्रो प्रतिरोध ५३२ सम्म पनि पुग्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।