सोमबार, फाल्गुन १२,२०८१ 01:46:15
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 01:46:15
IME remit
Global IME Bank Limited

सीजी मोटर्सद्वारा नेपालमा ‘आयन भी’ औपचारिक रूपमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर्स

Hyundai Nepal
सीजी मोटर्सद्वारा नेपालमा ‘आयन भी’ औपचारिक रूपमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात ‘आयन भी’को भव्य लञ्च समारोहमार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस कार्यक्रमले नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ । माघ ८ गते काठमाण्डौको हायात रेजेन्सीमा आयोजित विशेष कार्यक्रमले आयनको नेपालमा सवारी साधनहरूको श्रृंखलामा नयाँ नाम थपेको छ।  

उद्घाटन कार्यक्रमलाई चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले उद्घाटन गरेका थिए। कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो। कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे। उनीहरुले उक्त सफलताबाट प्रेरित हुँदै अत्याधुनिक आयन भी सार्वजनिक गरिएकोमा जोड दिए । जसले नेपालको ईभी बजारलाई थप समृद्ध बनाउनेछ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ। उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ।  

दुई भेरियन्टमा उपलब्ध, आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्दछ। एलीट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ, जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन दिन्छ। लामो यात्रा चाहनेहरूका लागि, लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्दछ, जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) ःक्षमताको म्यागजिन ब्याट्री समावेश छ।

लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को–ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इन(बिल्ट फ्रिज समावेश गरिएको छ । जसले लामो यात्रामा आराम सुनिश्चित गर्दछ। दुवै भेरियन्टले असाधारण प्रदर्शन मात्र नभई, उच्च सुरक्षा सुविधाहरू पनि प्रदान गर्दछ। यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्यागहरू, र फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ। यो एसयूभीले ५–स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ। साथसाथै, स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इनडसट्रि–अग्रणी हीट पम्प, र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्ता सुविधाहरूले  थप उचाइमा पुर्‍याउँदै यसलाई यसको वर्गमा एक विशेष विकल्प बनाएको छ।

आयन भी को मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार र लक्जरी भर्जनको ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले आयन भीका साथ सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ। यस एपले २४÷७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बरः ं९७७ ९७०७०९४२०७०, सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजी संग सम्बन्धित जानकारी लिन सकिन्छ।  नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सेवा केन्द्र मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ।नेपालको २४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.