काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ १० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।