काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन् ।
जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म बीमा कम्पनीले ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बीम शुल्क संकलन गरेका थिए ।
अधिकांश जीवन बीमा कम्पनीको व्यवसायमा सुधार देखिएपनि तीन कम्पनीको व्यवसाय गत वर्षको तुलनामा घट्न पुगेको छ ।
माघ महिनासम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले मात्रै २३ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरी सर्वाधिक व्यवसाय भित्र्याउने जीवन बीमा कम्पनी बनेको छ ।
त्यस्तै, एलआईसी नेपालले पनि १० अर्ब १४ करोड रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो स्थान कायम गरेको छ । यता नेशनल लाइफले १० अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर तेस्रो स्थान कायम गरेको छ ।
हिमालयन लाइफले ९ अर्ब ९१ करोड, सुर्यज्योति लाइफले ५ अर्ब ३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड, एशियन लाइफले ४ अर्ब ४३ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ३८ करोड, सिटिजन लाइफले ३ अर्ब २६ करोड, मेट लाइफले ३ अर्ब १४ करोड, आइएमई लाइफले २ अर्ब ५० करोड, प्रभु महालक्ष्मीले २ अर्ब ३८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३० करोड र सन नेपाल लाइफले २ अर्ब १२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
वृद्धिदरमा प्रभु महालक्ष्मी अघि
गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी व्यवसाय बढाउन प्रभु महालक्ष्मी लाइफ अब्बल देखिएको छ । कम्पनीले १२.४६ प्रतिशतले बीमा शुल्क आर्जन बृद्धि गरेको छ ।
त्यस्तै, नेशनल लाइफले पनि ११.९१ प्रतिशतले व्यवसाय बढाएको छ भने हिमालयन लाइफले १०.७९ प्रतिशतले प्रिमियम संकलन बढाएको छ ।
साथै रिलायबल नेपाल लाइफले १०.७९ प्रतिशत, मेट लाइफ ८.२५ प्रतिशत, एशियन लाइफले ७.९७ प्रतिशत, आइएमई लाइफले ७.८२ प्रतिशत, नेपाल लाइफले ७.२१ प्रतिशत, सिटिजन लाइफले ४.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफले ३.७४ प्रतिशत र सुर्यज्योति लाइफले ३.४४ प्रतिशतले व्यवसाय बढाएको छ ।
गत वर्षको तुलनामा तीन कम्पनीको व्यवसाय भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको २३.१५ प्रतिशत, सन नेपाल लाइफको ७.४३ प्रतिशत र एलआइसी नेपालको ०.७७ प्रतिशतले व्यवसाय घटेको छ ।


.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                