बीमा शुल्क आर्जनमा नम्बर वान बन्यो शिखर इन्स्योरेन्स, कुनले कति भित्राए व्यवसाय ?
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनासम्ममा २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले माघ महिनासम्म २२ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमा व्यवसाय गत वर्षको यसै अवधिसम्मको तुलनामा भने २.९१ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म निर्जीवन...