मंगलवार, फाल्गुन १२,२०८२ 08:18:58
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 08:18:58
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.११ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.११ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनामा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा १६.४३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा जीवन बीमकहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिसम्म सबै जीवन बीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको सोही अवधिसम्मको तुलनामा आफ्नो व्यवसाय १३.८१ प्रतिशत बृद्धि गरि २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ र तेस्रोमा एलआइसी नेपालले १२ अर्ब ३ करोड रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले १० अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६६ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ५६ करोड रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ७३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड र आइएमई लाइफले ३ अर्ब ८६ करोड रुपैयाँ बराबर प्रिमियम कलेक्सन गरेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै मेट लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ लाइफले ३ अर्ब २५ करोड र सन नेपाल लाइफ लाइफले २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्ने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ९३.८९ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.