काठमाण्डौ । अघिल्लो साता बढेको बजार यो साता २ कारोबार दिन नै घटेको छ । पछिल्लोपटक २७८० विन्दुमा ट्रिपल टप बनाएर खसेको बजारले हाल तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन पनि गर्न सकेको छैन । त्यसैगरि, बढेर माथिल्लो ट्रेन्ड लाईनलाई ब्रेक आउट पनि गर्न सकेको छैन ।
अर्थात बजार हाल सिमेट्रिकल प्यार्टन भित्र चलेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले २६८० विन्दुभन्दा माथि लागेमा बजारले माथिल्लो ट्रेन्ड लाइन ब्रेक अप गर्ने छ । यस्तो अवस्थामा बजारले माथिको यात्रा तय गर्ने छ । तर यदि बजारले तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन गर्छ भने बजार केही समय करेक्सन आउन पनि सक्छ ।
यसकारण ट्रेन्डलाइन मार्फन नियाल्दा बजारको कुनै पनि दिशा प्रष्ट देखिदैन । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । आरएसआई न्यूट्रल जोनमा चलेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजार घट्दा कारोबार औषत भन्दा बढेको छ । यसले बजारमा केही बिक्री दबाब पनि देखिन्छ । यस हिसाबले आज २६३३ विन्दुमा बन्द भएको बजारले अब २६०० विन्दुमा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा २६८० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।