बुधबार, श्रावण २७,२०८३ 03:48:35
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:48:35
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानी बढ्दा र खर्च घट्दा स्वावलम्बन लघुवित्तको नाफामा राम्रो सुधार

Prabhu Bank Limited
ब्याज आम्दानी बढ्दा र खर्च घट्दा स्वावलम्बन लघुवित्तको नाफामा राम्रो सुधार
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी बढ्दा र खर्चमा कमी आउदा नाफामा सुधार आएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २०.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६६ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । संस्थालको कर्मचारी खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ७३ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि खर्च गरेको संस्थाले समीक्षा अवधसिम्म ४१ करोड ३२ लाख खर्च गरेको छ । संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३२ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

संस्थाको रिटेन्ड अर्निङमा ६०.११ प्रतिशतको गिरावट आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ १० करोड १७ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १ अर्ब ७२ करोड रहेको छ ।  

संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात समेत घटेको छ । अघिल्लो आवसम्म ११.३६ रुपैयाँ रहेको खराब कर्जा अनुपात ८.२८ प्रतिशतमा खुम्चिएको छ । 

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २७७.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८९.०३ गुणा र तरलता अनुपात ५.६१ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.