मंगलवार, असार १७,२०८२ 07:39:50
  • मंगलवार, असार १७,२०८२ 07:39:50
Global IME Bank Limited

अलिबाबाले सार्वजनिक गर्यो नयाँ एआई मोडल, डिपसिकलाई पछि पार्ने दाबी

Hyundai Nepal
अलिबाबाले सार्वजनिक गर्यो नयाँ एआई मोडल, डिपसिकलाई पछि पार्ने दाबी
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ टेक कम्पनी अलिबाबाले आफ्नो क्यूवेन २.५ एआई मोडलको नयाँ भर्जन सार्वजनिक गरेको छ । कम्पनीले यो मोडल बुधबार सार्वजनिक गर्दै अहिले निकै चर्चा भईरहेको डिपसिक–भिथ्रिलाई उछिन्ने दाबी गरेको छ ।  

कम्पनीले यो नयाँ मोडल चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक गरेको हो । चिनियाँ एआई स्टार्टअप डिपसिकले विगत तीन सातादेखि घरेलु मात्रै नभई अन्तराष्ट्रिय बजारमा समेत चर्चा बटुलिरहेको छ । जसका कारण अन्तराष्ट्रिय तथा घरेलु प्रतिस्पर्धिहरु आत्तिएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

अलिबाबाले आफ्नो नयाँ मोडलले बोर्ड जीपीटी–४ ओ,डिपसिक–भीथ्रि र एललामा ३.१–४०५बी लाई पछि पार्ने जनाएको छ ।  

गत जनवरी १० मा रिलिज भएको डिपसिक–भीथ्रिबाट पावर्ड डिपसिकको एआई असिस्टेन्ट र जनवरी २०मा रिलिज भएको आरवान मोडलले यतिबेला अमेरिकी सिलिकन भ्यालीमा तरङ उत्पन्न गर्दै टेक कम्पनीहरुको सेयरमूल्यमा पहिरो ल्याई दिएको छ ।  

तर अलिबाबाको नयाँ भर्जन लञ्चसँगै डिपसिकले एआइै मोडल अपग्रेड गर्न घरेलु बजारमै तीव्र प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।  

डिपसिकको भिथ्रि मोडल र भि–टु मोडल आएसँगै चीनमा एआई मोडल मूल्ययुद्ध छेडिएको छ ।

डिपसिक–भीट्ु ओपन सोर्स हो र यो धेरै नै सस्तो छ । जसअन्तर्गत १ मिलियन टोकनका लागि वा एआई मोडलले प्रोसेस गरेको डेटाको युनिटका लागि १ युआन(०.१४ डलर)मात्रै रहेको छ ।  

अलिबाबाको क्लाउड युनिटले मूल्य कटौती ९७ प्रतिशतसम्म हुन सक्ने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.