सोमबार, मंसिर ८,२०८२ 09:37:48
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:37:48
IME remit
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको ३.२० लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सको ३.२० लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ । आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता उल्लेख गर्नुपर्नेछ । एक व्यक्तिले विभिन्न मूल्यमा खरिद गर्न चाहेमा सोको लागि बेग्ला बेग्लै शिलबन्दी पेश गर्नुपर्नेछ ।  

CG Motors
New Office
Garima Development Bank

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता सर्वसाधारणतर्फ १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सेयर खरिदका लागि कुनै सीमा तोकिएको छैन ।  

इच्छुक लगानीकर्ताले लक्ष्मी सन्राइज क्यापिटल र एनएलजी इन्स्योरेन्स कम्पनीका शाखा कार्यालयहरु, कोशी प्रदेशः विराटनगर शाखा (मुनलपाथ विराटनगर–५), मधेश प्रदेशः वीरगंज शाखा (लिंकरोड, घन्टाघर, वीरगंज), गण्डकी प्रदेशः पोखरा शाखा (न्यूरोड, पोखरा–८), लुम्बिनी प्रदेशः बुटवल शाखा (ट्राफिक चोक–६, बुटवल), कर्णाली प्रदेशः सुर्खेत शाखा,  (वीरेन्द्रनगर–६, गुड्डापथ, सुर्खेत(, र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा (रातोपुल, मेनरोड, धनगढी)बाट आवेदन दिन सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

कम्पनीले गत गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । जसमध्ये आवेदन नपरेको हकप्रद सेयर बिक्री गर्न लागिएको हो । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.