दायित्व बढ्दा एनएलजी इन्स्योरेन्स रु.१०.१० करोड घाटामा, रिटर्न क्षमता समेत ऋणात्मक
काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले १० करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनी १० करोड १० लाख रुपैयाँ घाटामा देखिएको हो । गत आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । जेनजी आन्दोलनका कारण एनएलजी इन्स्योरेन्समा ठूलो रकमको बीमा दाबी परेकाले दायित्व बहन गर्नुपर्दा कम्पनीको नाफा प्रभावित देखिएको हो ।...

