काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर)आज खोलिने भएको छ ।
कम्पनीले लिलामीमा राखेको ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान साढे ८ बजे खोलिने भएको हो ।
कम्पनीले गत माघ २० गतेदेखि २७ गतेसम्म संस्थापक समूहतर्फको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो ।
कम्पनीले गत गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । जसमध्ये आवेदन नपरेको हकप्रद सेयर बिक्रीमा राखिएको थियो ।