बिहीबार, कार्तिक ८,२०८१ 12:17:38
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:17:38
IME remit
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन, अब कति जारी गर्ने ?
Nabil Bank Limited

काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  

बैठकले यसअघि निष्काशन गर्ने तय भएको ६६ प्रतिशत हकप्रद घटाएको छ । बैकठले अब ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त बैठकले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्न नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि अनुरोध गर्ने र प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभाबाट पछि अनुमोदन गराउने गरी हकप्रद निष्काशन प्रकृया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।  

कम्पनीको २०८०र साउन १५ मा बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६.६ (६६ प्रतिशत) ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो । सोही अनुसार नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि कम्पनीले २०८० कात्तिक २ गते निवेदन दर्ता गराएको थियो । उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५.५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।  

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५  हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्युनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद शेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.