काठमाण्डो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज वार्षिक साधारण साधारण सभा आयोजना गर्दैछ । कम्पनीले आज १८ औं वार्षिक साधारण सभा काठमाण्डौमा रहेको आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे आयोजना गर्दैछ ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पारित गरिनेछ ।
यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आ।व २०७९/८० को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                