शनिबार, आश्विन १०,२०८३ 08:47:31
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 08:47:31
Bizshala
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनकको प्रस्ताव पारित

Bizshala
एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनकको प्रस्ताव पारित
New Office

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विेशष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिएको छ ।  

कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६।६ ९६६ प्रतिशत० ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो । सोही अनुसार नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि कम्पनीले २०८० कात्तिक २ गते निवेदन दर्ता गराएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५।५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।  

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५  हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्यूनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद सेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.