शुक्रबार, माघ ९,२०८२ 09:33:51
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 09:33:51
Bizshala
Global IME Bank Limited
Bizshala

एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विेशष साधारण सभा डाकेको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक ७ गते बुधबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६.६ (६६ प्रतिशत) ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो । सोही अनुसार नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि कम्पनीले २०८० कात्तिक २ गते निवेदन दर्ता गराएको थियो ।।  

 

Bizshala
Garima Development Bank
New Office

उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५.५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५  हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्यूनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद सेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।  

विशेष साधारण सभा प्रयोजनाका लागि कम्पनीले आगामी असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विशेष सभामा सहभागी हुन पाउने  छन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.