शनिबार, श्रावण ३०,२०८३ 03:09:26
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 03:09:26
Bizshala
Global IME Bank Limited

रास्वपामा प्रधानमन्त्री को ? बालेन-रवि सम्झौता उल्टाउन को-को सक्रिय ?

Prabhu Bank Limited
रास्वपामा प्रधानमन्त्री को ? बालेन-रवि सम्झौता उल्टाउन को-को सक्रिय ?
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा निकै राम्रो नतिजा हासिल गरे पनि पार्टीभित्र अहिले एउटा नयाँ तरङ्ग पैदा भएको छ । मतगणना पूर्ण नभइसक्दै नै भविष्यको प्रधानमन्त्री को बन्ने भन्ने मुद्दाले नेताहरूमाझ अन्योल र असमञ्जस्यता बढाएको देखिन्छ ।

केही महिनाअघि मात्रै पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे लिखित सहमति भएको थियो । त्यसमा स्पष्ट रूपमा उल्लेख छ कि पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै काँधमा रहने र निर्वाचनपछि संसदीय दलको प्रमुख तथा प्रधानमन्त्री पदको दाबेदार बालेन शाह हुने । यो सम्झौताले चुनावी अभियानमा पनि ‘बालेन सरकार’ को नारा दिएर मत मागिएको थियो ।

CG Motors

तर, अहिले परिस्थिति फेरिएको जस्तो देखिन्छ । पार्टीका केही प्रभावशाली नेताहरूले यो पुरानो सहमतिलाई बेवास्ता गर्ने वा कम महत्व दिने प्रयास गरेको संकेत मिलेको छ । विशेष गरी उपसभापति डिपी अर्यालले निर्वाचित सांसदहरू, अग्रता लिइरहेका उम्मेदवारहरू र समानुपातिक सूचीमा परेका व्यक्तिहरूलाई तत्काल ‘बालेन हाम्रो प्रधानमन्त्री’ भन्नबाट रोकेका छन् । पार्टी स्रोतका अनुसार, अर्यालले आन्तरिक रूपमा निर्देशन जारी गर्दै मिडियामा यस्तो अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।

समानुपातिक सूचीमा रहेका एक नेताले बताएअनुसार, उपसभापतिले भनेका छन्– “अहिले नै बालेनलाई प्रधानमन्त्री भन्दै हल्ला नगर्नु, यो कुरा संसदीय दलको बहुमतले पछि टुंगो लगाउँछ ।”

उता, काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित भएका डिपी अर्यालले नै विजयपछि पत्रकारहरूसँग कुरा गर्दा सम्झौताको बारेमा आफूलाई राम्ररी थाहा नभएको बताए । उनले भने, “त्यो कागजमा के लेखिएको छ, हेर्नुपर्ला । मलाई याद छैन । अब संसदीय दल बनेपछि त्यसले गर्ने निर्णय सबैले मान्नुपर्छ ।”

यसैगरी, सभापति रवि लामिछानेले पनि चितवनमा पत्रकारको प्रश्न– “अब पाँच वर्ष बालेन नै प्रधानमन्त्री हो त ?” मा स्पष्ट जवाफ दिनबाट जोगिए । उनले विषय नै बदलिदिएर कुनै ठोस प्रतिक्रिया दिएनन् ।

चुनावमा ‘बालेन सरकार’ को नारा दिएर मत माग्ने नेताहरू अहिले मतपरिणाम आएपछि बालेनलाई प्रधानमन्त्री भन्न हिचकिचाइरहेको देखिन्छ । यसले पार्टीभित्रको आन्तरिक खिचातानी र असहमति बढ्दै गएको प्रष्ट पार्छ । जनताले आशा गरेर दिएको मतको सम्मान कसरी हुन्छ भन्ने प्रश्न अहिले रास्वपाको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

रवि-बालेनबीच पुस १३ गते भएको सम्झौता । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.