बिहीबार, असार ११,२०८३ 12:47:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:47:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेटलाइफ नेपालद्वारा स्याङ्जा र चन्द्रौटामा नयाँ कार्यालयहरू उद्घाटन

Laxmi Sunrise Bank Limited
मेटलाइफ नेपालद्वारा स्याङ्जा र चन्द्रौटामा नयाँ कार्यालयहरू उद्घाटन

काठमाण्डौ । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

यी नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक पुर्‍याउने निरन्तर प्रयासको अर्को महत्वपूर्ण उपलब्धि भएको समेत कम्पनीले जनाएको छ । स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बीमा सम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता रहने छैन ।

New Office
CG Motors
Garima Development Bank

स्याङ्जा र चन्द्रौटा कार्यालयहरूले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोग लगायतका सम्पूर्ण बीमा सेवाहरू प्रदान गर्नेछन्। । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्नेछन् । । स्थानीय उपस्थितिमार्फत मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस अवसरमा मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठले भने, ‘एजेन्सी कार्यालयहरूको विस्तारमार्फत हामी थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग गर्ने मेटलाइफ नेपालको उद्देश्यसँग समन्वय गर्दैछौं । विश्वसनीय बीमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले सूचित निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने विश्वास हामी राख्दछौं ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.