काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश पारित भएको छ ।
यस्तै सभामा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम न्यूनतम चुक्तापूँजी २.५० अर्ब पुरयाउन कम्पनीको स्वीकृत पूँजी योजना बमोजिम बीमा प्राधिकरणबाट चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डको स्वीकृतीका लागि पठाउने प्रस्ताव समेत पारित भएको छ ।
सभामा कम्पनीको गत आवको अन्य वित्तीय विवरणहरु लगायत अन्य विवरणहरु समेत पारित भएको छ ।