बुधबार, श्रावण २०,२०८३ 11:52:17
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:52:17
Bizshala
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि

एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि
New Office

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी वृद्धि हुँदा नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर गत आवमा १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २०.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । साथै कम्पनीले गत आवमा कुल ९३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ । 

यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ४६.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यता कम्पनीको दाबी भुक्तानी रकम पनि ४७.१७ प्रतिशत बढेर ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको बीमा कोषको आकार भने १८.६४ प्रतिशतले बढेर कोषमा ३ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ । यता महाविपत्ती कोषको आकार पनि १०.३७ प्रतिशतले बढेर ८ करोड ५७ लाख रुपैयाँ संचित छ भने रिटेन्ड अर्निङ भने १४.५० प्रतिशतले घटेर ५ करोड ७४ रुपैयाँ मात्रै संचित रहेको छ । कम्पनीको इपीएस ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँ कायम भएको छ भने कम्पनीको नेटवर्थ १७७.०६ रुपैयाँ, पीई रेसियो १२४.०२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४२.०९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.