IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 08:33:27
IME remit
Global IME Bank Limited

एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि

Hyundai Nepal
एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि
Shivam Cement

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी वृद्धि हुँदा नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर गत आवमा १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २०.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । साथै कम्पनीले गत आवमा कुल ९३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ४६.६२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । यता कम्पनीको दाबी भुक्तानी रकम पनि ४७.१७ प्रतिशत बढेर ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको बीमा कोषको आकार भने १८.६४ प्रतिशतले बढेर कोषमा ३ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ । यता महाविपत्ती कोषको आकार पनि १०.३७ प्रतिशतले बढेर ८ करोड ५७ लाख रुपैयाँ संचित छ भने रिटेन्ड अर्निङ भने १४.५० प्रतिशतले घटेर ५ करोड ७४ रुपैयाँ मात्रै संचित रहेको छ । कम्पनीको इपीएस ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँ कायम भएको छ भने कम्पनीको नेटवर्थ १७७.०६ रुपैयाँ, पीई रेसियो १२४.०२ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४२.०९ रुपैयाँ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.