काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः६.२६३ अनुपातमा रु.१०० अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता साधारण सेयर साविकका सेयरधनीहरुलाई हकप्रदमार्फत निष्कासन तथा बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।