काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै आव २०६९/७० तथा २०७०/७१ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
यसका लागि कम्पनीले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।