मंगलवार, कार्तिक ३,२०८३ 09:42:55
  • मंगलवार, कार्तिक ३,२०८३ 09:42:55
Global IME Bank Limited

शोधानान्तर स्थिति ८.८७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.१७% वृद्धि

Bizshala
शोधानान्तर स्थिति ८.८७% ले घट्यो, प्रत्यक्ष वैदेशिक लगानी ४३.१७% वृद्धि
New Office

काठमाण्डौ । चालु आवको ६ महिनासम्ममा शोधानान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । गत आवको सोही अवधिसम्मको तुलनामा शोधनान्तर स्थिति ८.८७ प्रतिशतले घटेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।  

यसर्थ चालु खाता पनि गत आवको सोही अवसिधम्मको तुलनामा ८.८५ प्रतिशतले घटेको छ ।  

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ  रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानी भने गत आवको सोही अवधिसम्मको तुलनामा ४३.१७ प्रतिशतले बृद्धि भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.