काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजारमा भदौ पछिकै उच्च अर्थात १३ अर्बको बढीको कारोबार भएको छ । नेप्से परिसूचक पनि आज करिब ७० अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सिमेट्रिकल ट्रयाङगलभित्र साइडवेज चलेको बजारले आज माथिल्लो लाइन ब्रेक गरेको छ । यसले बजार बुल यात्रामा प्रवेश गरेको बुझिन्छ । यस विपरित यदि तल्लो लाइन ब्रेक गरेको भए बजार बियिरिस यात्रातर्फ लागेको बुझिन्थ्यो ।
यसैगरि,डब्लु प्याटर्नमा चलेको बजार आज २६७० विन्दुभन्दा माथि लागेर नेक लाइनलाई ब्रेक भन्दा माथि २७२७ विन्दुमा बन्द भएको छ । यसले पनि बजार साइडवेज बजारबाट बुलयात्रा तय गरेको देखिन्छ । डाउ थेउरीमा पनि बजारले नयाँ हायर हाई बनाएको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज बजारले बुलिस मारुबुजु क्याण्डल बनाएको छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा पनि आजबाट अपर ब्याण्डसँगै चलेको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रसओभर बनेको छ । आरएसआई आज ६६ को विन्दुबाट बुलिस यात्रामा चलेको देखिन्छ । यस हिसाबले बजारले करिब पाँच महिना पछिकै उच्च कारोबारसहित बुलयात्रामा चलेको देखिन्छ ।
आजबाट माथिको यात्र तय गरेको बजारले अबको नजिकको यस अघिको प्रतिराध २७८० सामना गर्न सक्नेछ । घटेमा भने बजारले २७ सय विन्दु आसपास सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।