काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीनमाथि भारी मात्रामा भन्सार शुल्क लगाउने घोषणा गरेसँगै आज अधिकांश एशियाली बजारमा गिरावट आएको छ । आज जापानको सेयर बजार मापक इन्डेक्स, निक्की२२५ २.६२ प्रतिशतले घटेको छ ।
यससँगै निक्की२२५ इन्डेक्स ३८ हजार ५७३.१३ विन्दुमा झरेको छ । जापानको साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि २.७९ प्रतिशतले घटेको छ ।
हङकङको हाङसेङ इन्डेक्स पनि ०.७४ प्रतिशतले घटेर २० हजार ०७५ विन्दु कायम भएको छ । दक्षिण कोरियाको कोस्पी ३ प्रतिशतले घटेर २ हजार ४४२ विन्दुमा सीमित बनेको छ ।
अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स १.६१ प्रतिशतले घटेको छ ।